Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • विश्व कोरोना अपडेट : २ करोड ७६ लाख बढीमा संक्रमण, मृतककाे संख्या ९ लाख नाघ्यो

    विश्व कोरोना अपडेट : २ करोड ७६ लाख बढीमा संक्रमण, मृतककाे संख्या ९ लाख नाघ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । विश्वमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख नाघेको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ ।

    यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।



    विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ जनाको निधन भएको देखाइएको छ । साथै यस भाइरसबाट संक्रमित हुनेहरु २ करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ ।



    त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट १ करोड ८६ लाख ६० हजार ४७४ जना संक्रमण मुक्त भएका छन् । उता विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भने यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब नौ लाख पुगेको छ । सो संगठनले ८ लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ । एएनआई

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार