Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जापानमा  ६.१ म्याग्निच्युडको भूकम्प

    जापानमा  ६.१ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 3.1K
    SHARES

    टोकियो । जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।

    स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् ।  भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो ।



    अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् । यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।



    एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार