Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • क्यान्सर अस्पतालका कर्मचारी नहरमा मृत फेला

    क्यान्सर अस्पतालका कर्मचारी नहरमा मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2.6K
    SHARES

    भरतपुर  । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका  कर्मचारी सूर्य मिश्र  मृत फेला परेका छन् । अस्पतालभित्रको नहरमा मिश्र मृत फेला परेको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले जानकारी दिए ।

    उनको शव अस्पताल हुँदै बगेको नहरमा शनिबार भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



    मृतक मिश्र अस्पतालको इन्जिनियरिङ तर्फ कार्यरत  रहेको उनले बताए । प्रहरी घटनास्थल पुगिसकेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार