Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ओली–प्रचण्डबीच एक घण्टा वार्ता: मन्त्रीमण्डल पुनर्गठनबारे अझै जुटेन सहमति

    ओली–प्रचण्डबीच एक घण्टा वार्ता: मन्त्रीमण्डल पुनर्गठनबारे अझै जुटेन सहमति

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार साढे १ घण्टा लामाे भेटवार्ता भएकाे छ। विशेष गरी मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भएको भेटवार्तामा पनि सहमति जुट्न नसकेपछि पार्टी भित्र अन्याैलताकाे अवस्था बनेकाे छ।

    मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । छलफल जारी राख्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।



    मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रिमण्डल गठनमा ढिलाइ भएको हो । मन्त्रिमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार