Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रचण्डले भने -कम्युनिस्टहरु नै मानवअधिकारप्रति प्रतिबद्ध छन्

    प्रचण्डले भने -कम्युनिस्टहरु नै मानवअधिकारप्रति प्रतिबद्ध छन्

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पार्टी पार्टी एकता तीव्र ढंगले अघि नबढेपनि क्रमश पूर्णता दिने प्रकृयामा गइरहेको बताएका छन् ।

    शुक्रबार  मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा मानवअधिकारको इस्यु गैरकम्युनिस्टको मात्रै भनेर प्रचार गरिएको आरोप लगाए  । अध्यक्ष प्रचण्डले यर्थाथतामा कम्युनिस्टहरु नै मानवअधिकारप्रति प्रतिबद्ध हुन्छन् भन्ने कुरा समयक्रमले पुष्टि हुँदै गएको बताए ।



    कोरोना भाइरसका कारण मुलुकमा बेरोजगारीको समस्या बढ्ने खतरा रहेको भन्दै यसलाई परास्त गर्न सबैको सहयोगको खाँचो रहेको अध्यक्ष प्रचण्डले उल्लेख गरे ।



    सबैको सामूहिक प्रयत्नले मात्रै कोभिड -१९ लाई परास्त गर्न सकिने वताउँदै उनले सरकारले यसको नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेको वताए ।

    अध्यक्ष प्रचण्डले भने, ‘विभिन्न मुलुकहरु यसको भ्याक्सिन पत्ता लगाउने प्रयासमा पनि लागेका छन् । मलाई विश्वास छ छिट्टै भ्याक्सिन पत्ता लाग्नेछ र हामी यस महामारीसँग विजय हासिल गर्न सक्नेछौ’

    उनले कोरोनाका कारण नेपालमा महिलामाथि विभिन्न किसिमका विभेदका घट्नाहरु बढेका खबरप्रति आफुलाई चिन्ता लागेको वताए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार