Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेकपा सचिवालय बैठक मंगलबार बस्ने

    नेकपा सचिवालय बैठक मंगलबार बस्ने

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक भोलि बस्ने भएकाे छ । आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो बजे बोलाइएको पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच साेमबार भएकाे छलफल पछि सचिवालय बैठक बस्न लागेकाे हाे ।अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।



    प्रचण्डका प्रेस संयोजक सापकोटाका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ । सोमबारको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ ।



    नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा संक्रमण पुष्टि भएपछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार