Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रचण्डले भने- पार्टी फुटाउने हर्कत हामीले होइन,ओलीले नै गरेका छन्

    प्रचण्डले भने- पार्टी फुटाउने हर्कत हामीले होइन,ओलीले नै गरेका छन्

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि गम्भिर आरोप लगाएपछि  प्रचण्डले पनि मुख खोलेका छन्।

    आफ्नो प्रतिवेदनमाथि ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै उनीमाथि प्रचण्डले काउन्टर दिएका छन् ।



    शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन् ।



    ‘यहाँ पनि तपाइको दम्भ, घमण्ड र अहंताले काम गरेको छ । अझैपनि तपाईं राजनीतिक बहसमा आउन चहिरहनु भएको छैन’, प्रचण्डको भनाई उदृत गर्दै स्रोतले वतायो , ‘पार्टी फुटाउने भनेर जुन दोषरोपण गर्नुभयो त्यो काम अर्थात पार्टी फुटाउने काम हामीले होइन, बरु पार्टी फुटाउन तपाईंले सुरु गर्नुभएको हो । ’

    प्रचण्डले प्रस्तावहरुमाथि छलफल गरेर अघि बढ्न सकिने भएपनि पार्टी र सरकारप्रति उठेका प्रश्नहरुको दोष ओलीले नै लिनुपर्ने निष्कर्ष निकालेका छन् । सचिवालय बैठकमा अध्यक्ष ओलीले  लिखित प्रस्ताव पेस गर्दै प्रचण्डले यस अघि पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिएका थिए।

    ओलीले पेस गरेको लिखित जवाफमाप्रचण्डले वितरण गरेको प्रस्तावको प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार