Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेकपाको बैठक बस्नु अघि बालुवाटारमा ‘केक पार्टी’

    नेकपाको बैठक बस्नु अघि बालुवाटारमा ‘केक पार्टी’

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । बैठक शुरु हुनु अघि प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई केक खुवाएका छन् ।

    जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको हो । प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिव पौडेललाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।



    पौडेललाई केक खुवाएर शुभकामना दिएका तस्विरहरु प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।



    उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै पौडेललाई शुभकामना दिएका थिए । पौडेल आजबाट ६२ बर्षमा प्रवेश गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार