Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गुण्डा नाइके राधेसँग मिलेर काम गरेको आरोपमा डिएसपी खड्का तानिए

    गुण्डा नाइके राधेसँग मिलेर काम गरेको आरोपमा डिएसपी खड्का तानिए

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 14.1K
    SHARES

    काठमाडौं। कांग्रेस निकट गुण्डा नाइके राधे भण्डारीसँग मिलेर बालुवा तस्करीलगायत अबैध काम गरेको आरोपमा  डिएसपी विश्वराज खड्कालाई इलाका प्रहरी कार्यालय गजुरीको प्रमुखबाट हटाइएको छ ।

    खड्कालाई गुण्डा नाइके  भण्डारीसँग मिलेर नदिजन्य अवैध निकासीलाई प्रश्रय दिएको आरोप लागेको थियो। नदी दोहन गर्नेहरुलाई संरक्षणको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले खड्कालाई २ नम्बर गणमा सरुवा गरेको छ ।



    गजुरीमा डिएसपी युवराज खड्कालाई पठाइएको छ ।  भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले बिहीबार पक्राउ गरेको थियो । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधीलाईधम्की दिएको अभियोगमा गुण्डा नाइके भण्डारी पक्राउ परेका थिए । भण्डारीलाई जिल्ला प्रशासन कार्यालय धादिङले शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा अनुसन्धानका लागि १० हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।



    यसअघि पनि हतियार सहित पटक पटक पक्राउ परेका भण्डारी राजनीतिक आडमा छुट्दै आएका छन् ।

    निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका गुण्डा नाइके समिरमान बस्नेतको समुहमा रहेर धादिङसहितका विभिन्न क्षेत्रमा गुण्डागर्दी गर्दै आएका भण्डारीले यसअघि अर्का गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’लाई समेत गोली प्रहार गरेका थिए ।

    केही महिना धादिङकै गजुरी प्रहरीले भण्डारीलाई हतियारसहित स्थानियबासीलाई धम्काउँदै गरेको अभियोगमा पक्राउ गरेको थियो । तर, त्यति बेला समेत राजनीतिक आडमा उनी छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार