Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गुण्डा नाइके राधे भण्डारी पक्राउ

    गुण्डा नाइके राधे भण्डारी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 1.1K
    SHARES

    धादिङ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले ‘राधे’ भनिने राधाकृष्ण भण्डारीलाई पक्राउ गरेको छ ।

    तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको हो ।



    यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटकपटक पक्राउ गरेको थियो ।



    राधेले भीममाथि किन तरबार हाने भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गुरुङको दयाँ हातमा गम्भिर चोट लागेको छ । घाइते उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार