Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गुण्डा नाइके राधेका भाई स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठसँग वडाध्यक्षमा पराजित

    गुण्डा नाइके राधेका भाई स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठसँग वडाध्यक्षमा पराजित

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    धादिङ ।  धादिङवेशीस्थत नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठसँग नेपाली कांग्रेसका गोपिकृष्ण भण्डारी पराजित भएका छन् ।गोपिकृष्ण भण्डारी गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ का भाई हुन ।  श्रेष्ठले ९६३ मत पाए भने उनका प्रतिद्वन्दी  भण्डारीले ४ सय ६३ मत पाए ।

    त्यस्तै माओवादी केन्द्रका नारायण कुमार श्रेष्ठले २ सय ४८ मत मात्रै पाए ।



    नेपाली कांग्रेसले वडाध्यक्षमा गुण्डा नाइके राधेका भाई गोपीकृष्ण भण्डारीलाई वडाध्यक्षको टिकट दिएपछि राजकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गुलाफ चिन्ह पाएका थिए ।



    यसअघि सोही वडा सदस्य समेत रहेका गोपी विभिन्न आपराधिक घटनामा समेत सँलग्न छन् ।

    गोपीलाई हराएर श्रेष्ठले जिल्ला सदरमुकाममै स्वतन्त्रको झण्डा उठाएका हुन् । राधेले आफ्नो ग्याङलाई परिचालन गरेर गोपीकृष्णलाई कांग्रेसबाट जबरजस्ती निलकण्ठ नगरपालिकाको वडा नं. ३ मा वडाध्यक्षको टिकट दिलाएका थिए ।

    राधेको समूहले शनिबार साँझ  स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठलाई ज्यानमार्ने धम्की दिएको थियो ।

    श्रेष्ठले आफूलाई ज्यान मार्ने धम्की आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । प्रहरीले राधेलाई पक्राउ गरेपनि जानकारी दिएको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार