Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गुण्डा नाइके राधे भण्डारी पक्राउ

    गुण्डा नाइके राधे भण्डारी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 3.5K
    SHARES

    धादिङ । राजनीतिक आवरणमा गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले उनलाई पक्राउ गरेको हो ।



    वडाध्यक्षका उम्मेदवारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले बतायो ।



    भण्डारीको समूहले शनिबार साँझ धादिङवेशीस्थित निलकण्ठ ३ का स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठलाई ज्यानमार्ने धम्की दिएका थिए ।

    श्रेष्ठले आफूलाई ज्यान मार्ने धम्की आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

    राधेको समूहले धादिङका विभिन्न स्थानमा आतंक नै मच्चाउँदै आएको छ ।

    धादिङ प्रहरीले भने राधे पक्राउ परेको बारे आधिकारीक जानकारी दिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार