Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वमा एकै दिन अहिलेसम्मकै धेरै साढे तीन लाखलाई कोरोना

    विश्वमा एकै दिन अहिलेसम्मकै धेरै साढे तीन लाखलाई कोरोना

    अनलाइन नेपाल
  • शनिबार, २४ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । विश्वमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै ३ लाख ५० हजार ७६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सबैभन्दा धेरै हिजो ३ लाख ३८ हजार ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

    हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६३ लाख ६१ हजार ५४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ५६ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ ।



    यी हुन् कोरोना भाइरसबाट अति प्रभावित देशहरु



    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ३४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शुक्रबार जानकारी दिएको छ ।

    पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

    कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १७ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । यद्यपी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ ।

    कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ६ हजार ५५१ जनाको मृत्यु भईसकेको छ ।

    कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख २९ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

    कोलम्बियामा ८ लाख ८६ हजार १७९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ३३१ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ८४ हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ६८८ जनाको मृत्यु भएको छ ।

    अर्जेन्टिना ८ लाख ५६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार ७१० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ३८ हजार ६१४ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९८ जनाको मृत्यु भएको छ ।

    मेक्सिकोमा ८ लाख ४ हजार ४८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ९६ जनाको मृत्यु भएको छ ।दक्षिण अफ्रिकामा ६ लाख ८६ हजार ८९१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ४०८ जनाको मृत्यु भएको छ ।

    युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार