Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नाइजेरियामा बन्दुकधारीद्वारा १२ सर्वसाधारणको गोली हानी हत्या

    नाइजेरियामा बन्दुकधारीद्वारा १२ सर्वसाधारणको गोली हानी हत्या

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् ।

    उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन् ।



    गएको शुक्रबार र शनिबार सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन । गिवा गाउँको किदान्दान र कदाई भन्ने स्थानमा ती बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए ।



    प्रत्यक्षदर्शीहरुले गएको शुक्रबार र शनिबार ती स्थानमा ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।

    ती जिल्लाका जिल्ला प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार