Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बन्दुकधारीद्धारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

    बन्दुकधारीद्धारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

    नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या भएको हो । उक्त गाउँमा बुधबार राति सो हत्या भएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले बिहीबार जानकारी दिएका हुन् ।



    उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा बन्दुकधारीहरुले दुःखद घटना गरेका बताएका छन् । उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले हमला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरु ११ जना नराम्ररी घाइते भएका छन् ।



    घाइतेहरुलाई अस्पताल पुर्याइएको र त्यस हत्यामा सलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार