Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोनासँग जुध्दै अर्थतन्त्रलाई सबल बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

    कोरोनासँग जुध्दै अर्थतन्त्रलाई सबल बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

    आफ्नो पद बहलीपछि बिहीबार मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै उनले अर्थतन्त्रलाई थप सबल बनाउनुपर्ने भएकाले त्यसमा सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए ।



    कोरानाका कारण अन्तर्राष्ट्रिय र राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप सुस्त भएकाले यस्तो अवस्थामा आर्थिक क्रियाकलापलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी सिर्जना गरी आर्थिक वृद्धिमा समेत लाग्नुपर्ने बताए ।



    सरकारको बजेट र मौद्रिक नीतिले लिएका लक्ष्य हासिल गर्न सबैको इमान्दार प्रयास जरुरी रहेकोमा जोड दिँदै उनले नागरिकको जीवनरक्षा गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने धारणा राखे ।

    चालु आर्थिक वर्षको बजेटले समेत कोरोना कारण सिर्जित समस्यालाई समाधनका लागि मार्गदर्शन गरेको र त्यसको व्यवहारिक कार्यान्वयनले आर्थिक क्षेत्र थप सबल बन्ने मन्त्री पौडेलको भनाइ छ ।

    उनले कोरोना प्रभावित वर्ग तथा क्षेत्रलाई राहत तथा पुनः उत्थानका लागि सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

    ‘चालू आवको बजेटले पनि धेरै विषय समेटेको छ । यस्तै राष्ट्र बैंकको मौद्रिक नीतिले पनि आर्थिक तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि धेरै विषय समेटेको छ, त्यसको व्यवहारिक कार्यान्वयन गर्नु जरुरी छ’ उनले भने ।

    मन्त्री पौडेलले पूँजीगत खर्चका विषयमा सधै प्रश्न उठ्ने भएकाले विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन अवलम्बन गर्न गर्नुपर्ने स्पष्ट दृष्टिकोणका साथ काम गर्न पनि आग्रह गरे ।

    उनले आर्थिक अनुशासन कायम गर्दै अगाडि बढ्न निर्देशन दिँदै वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने विषय पनि अर्को महत्वपूर्ण कार्यभार रहेको उल्लेख गरे ।

    आर्थिक अनुशासन कायम गर्दै समग्र वित्तीय सुशासनलाई विशेष ध्यान दिएर अन्तरनिकाय समन्वयलाई पनि प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि बताए ।

    अर्थमन्त्री पौडेलले अन्तरनिकायबीचको सम्बन्धलाई समेत नयाँ ढंगले परिभाषित गरेर अगाडि बढ्नुपर्ने स्पष्ट गर्दै एक अर्का निकायबीचको भूमिका परिपूरक भएको भएको र त्यसमा अर्थ मन्त्रालय सहयोगीको रुपमा रहनुपर्ने बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार