Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मन्त्रिपरिषद् बैठक

    विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन, भोलि शोक विदा

    विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन, भोलि शोक विदा

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 558
    SHARES

    काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

    आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । त्यस्तै पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए ।



    आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

    मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार