Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कुलकाे उद्घाटन

    राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कुलकाे उद्घाटन

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

    ५ वर्षअघिको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी र नजिकै रहेको दरबार हाइस्कुलको समेत पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी समेत रहेका थिए ।



    २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् ।



    रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् ।

    यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार