Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

    जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । म्याग्दीको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ज८९६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

    बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको हो भने जीपमा सवार अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।



    मृतक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् । घटनामा परि बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई पोखरा पठाइएको म्याग्दी प्रहरीले जनाएको छ ।



    खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार