Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

    तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 378
    SHARES

    भैरहवा । फागुन लागकैदिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । १३ जनाको सिट क्षमता रहेको जीपमा २७ जना यात्रु सवार रहेका थिए । जीप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ ।



    गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो ।



    यी घटनाहरु त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको ६ महिनामा २८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ ।

    फागुनमा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार