Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाल्पा जीप दुर्घटना : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा, मृतकका परिवारलाई राहत

    पाल्पा जीप दुर्घटना : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा, मृतकका परिवारलाई राहत

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 498
    SHARES

    पाल्पा । जिप दुर्घटनामा १० जनाको मृत्यु भएको शोकमा पाल्पाको तिनाउ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ ।

    गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयमा बुधबार शोक बिदा दिने निर्णय गरेको हो ।



    साथै दुर्घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैंयाको दरले राहत दिने भएको छ ।



    उक्त दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य १६ जना घाइतेको उपचार जारी छ। ओभर लोडको काराण जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार