Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मनकामना जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    मनकामना जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 450
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३, घोर्लेस्वाँरामा शनिबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    नवलपरासी पूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।



    दुर्घटनामा परी जीपमा सवार नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिका–४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । तनहुँको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

    उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको थियो । जीपका चालक पूर्व विनयत्रिवेणी गाउँपालिका–४ का ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार