Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

    मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 465
    SHARES

    फाइल तस्विर

    मुगु । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानीतर्फ जाँदै गर्दा कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो ।



    मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् ।



    महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ ।

    यस्तै उक्त घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार