Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाल्पा जिप दुर्घटना : मृतक सबैको सनाखत [नामावलीसहित]

    पाल्पा जिप दुर्घटना : मृतक सबैको सनाखत [नामावलीसहित]

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 633
    SHARES

    पाल्पा । पाल्पा जिप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भएको छ ।

    पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका वडा-६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुबाहक जिप दुर्घटना हुँदा घटनास्थमै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका थिए । घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीया यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७



    वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षिया दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीया दिलमाया जिसी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। १७ जना घाइतेहरुको पनि पहिचान भइसकेको छ ।

    मंगलबार बेलुका करीव ५ बजेको समयमा लु १ ज २३७१ नम्वरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भइ दुर्घटना भएको थियो। जिप सडकबाट ३ मिटर तल अर्को सडकमा खसेको थियो। जिप ओभरलोडको कारण दुर्घटना भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार