Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फुट्ने र जुट्नेबारे निर्क्याेल गर्न बालुवाटार पुगे प्रचण्ड

    फुट्ने र जुट्नेबारे निर्क्याेल गर्न बालुवाटार पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । पार्टी भित्र विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटरमा अलिहे अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता जारी छ । दुई अध्यक्षबीच विवाद चुलिएको र तीब्र ध्रुबीकरण चलिरहेका बेला भइरहेको भेटलाई महत्वका साथ हेरिएको छ ।



    ओलीलाई भेट्न प्रचण्ड मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आईतबार सचिवालयका बहुमत सदस्यलाई खुमलटारमा बोलाएर प्रचण्डले ओलीले ‘सहमतिमै अलग हौं’ भन्ने प्रस्ताव राखेपछि जानकारी गराएसँगै नेकपाभित्रको पुरानो विवाद बल्झिएको हो ।



    सचिवालय सदस्यहरुले ओलीसंग छलफल गरेर पार्टी बैठक बोलाएर समस्या सुल्झाउने सल्लाह दिएपछि अध्यक्षद्वयबीच आज भेट भएको हो ।

    अध्यक्षद्वयबीच हिजो नै छलफल गर्ने सहमति भएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएकाले भेट स्थगित गरेर आजका लागि सारिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार