Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

    ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच भेटवार्ता भएकाे छ । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शुक्रबार साँझ भएको दुई अध्यक्षबीचको भेटमा सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएकाे बालुवाटार स्रोतले जानकारी दियाे ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए ।



    पुस १ गते स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने र संसद आव्हानका लागि राष्ट्रपतिसमक्ष समावेदन प्रस्तुत गर्ने विषय फिर्ता गर्नेबारे सहमति भएको थियो ।



    प्रचण्ड पक्षले सहमति कार्यान्वयन गर्दै राष्टपति समक्ष समावेदन गरेनन् भने अहिलेसम्म प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने विषयमा पहल गरेको छैन ।

    यसैबीच प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने निर्णय गरेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार