Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तस्करीको सुन र लाखौं रकमसहित भारतीय नागरिक नेपालमा पक्राउ

    तस्करीको सुन र लाखौं रकमसहित भारतीय नागरिक नेपालमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.7K
    SHARES

    मोरङ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)रानीले तस्करीको २४ तोला सुनको गहना र अवैध हुन्डीको साढे ६ लाख रुपैयाँसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।

    भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सुनसहित  साढे ६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका हुन ।



    बिओपीले भारतको अररिया जिल्लाको जोगवनी नगर पञ्चायत–१३ घर भएका २५ वर्षीय दीपक भगतलाई विराटनगर–१७ इस्लामपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको हो ।



    नेपाल–भारत बोर्डर सिल भए पनि खुला सीमाको फाइदा उठाउन चोर नाकाबाट बिहीबार साँझ उनी नेपाल प्रवेश गरेका थिए ।

    चेकजाँचका क्रममा सशस्त्र प्रहरी टोलीले शरीरका विभिन्न भाग, जुत्ता, मोजा, अन्डरवेयरलगायतमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो ।

    पक्राउ परेका भगत अवैध सुन र हुन्डीको रकम ओसारपसार गर्ने भरिया मात्र भएको प्रहरीको अनुमान छ । सशस्त्र प्रहरीले भगतलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी रानीको जिम्मा लगाएको छ ।

    अवैध कारोबारीले भारियामार्फत तस्करीको सुन भारत पठाएर आकर्षक गहना बनाएर फेरि नेपाल भित्र्याउने गर्छन् ।

    यसैगरी, भारतबाट चाँदीका गरगहना पनि तस्करी गरेर ल्याउने गर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार