Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय नागरिक पक्राउ

    आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 567
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन्।



    ईन्डिगो एयरलाईन्सको उडानदेखि मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुन बरामद भएको थियो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार