Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • डेढ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    डेढ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दुबईबाट काठमाडौं आएका भारतीय नागरिक डेढ किलो सुनसहित पक्राउ परेका छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले बुधबार बिहान पक्राउ परेको हो ।

    पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोन छन् । विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम अर्धठोस सुन हारोनबाट बरामद भएको बताइएको छ ।



    फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याएको सुनसहित पक्राउ गरेको थियो ।



    हारोनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार