Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एयरपोर्टबाट ७ लाखको सुनसहित सप्तरीका युवक पक्राउ, पार्किङ एरियामा बढ्यो अबैध कारोबार

    एयरपोर्टबाट ७ लाखको सुनसहित सप्तरीका युवक पक्राउ, पार्किङ एरियामा बढ्यो अबैध कारोबार

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कतार एयरवेजको जहाजबाट आइतबार दिउँसो काठमाडौं आएका सप्‍तरी मौवावेल्ही-०४ का ३६ बर्षीय एम.डि. सौकात अली रहेका छन्।



    उनको साथबाट २ थान सुनको ब्रासलेट( तौल ९४.९ ग्राम, अन्दाजी मुल्य अक्षरुपी सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसठ्ठी मात्र) बराबरको सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।



    उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार