Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ‘भिजिबिलिटी’ कम हुँदा आजपनि आन्तरिक उडान प्रभावित

    ‘भिजिबिलिटी’ कम हुँदा आजपनि आन्तरिक उडान प्रभावित

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 552
    SHARES

    काठमाडौं । मौसम खराबीका कारण आज पनि देशभरको हवाई सेवा प्रभावित भएका छन् ।

    हुस्सु र कुहिरोका कारण भिजिभिलिटी कम हुँदा कुनै पनि आन्तरिक उडान हुन नसकेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।



    कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको हो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रियतर्फको उडान भने जारी रहेको विमानस्थल कार्यालयले जनाएको छ ।



    कार्यालयका अनुसार मौसममा क्रमिमरूपमा सुधार भइरहेकाले केही समयपछि भने आन्तरिक उडान पनि सुरु हुने छन् ।

    हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि तराई भूभागको केही स्थानमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।a

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार