Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रतिकूल मौसमका कारण देशभरिका अधिकांश विमानस्थलको उडान प्रभावित

    प्रतिकूल मौसमका कारण देशभरिका अधिकांश विमानस्थलको उडान प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 648
    SHARES

    काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ ।

    मौसम खराबीले भिजिविलिटी कम हुँदा काठमाडौं बाहिरका सबैजसो विमानस्थलको आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।



    देशको तराईका भू–भागमा हुस्सु/कुहिरो लागेकाले भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो ।



    दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमवार देशभरका सबै उडान स्थगित गरेको छ ।

    हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । तराईका भूभागमा हुस्सु/कुहिरो लागेको  छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार