Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रतिकूल मौसमका कारण आज बिहानै देखि आन्तरिक उडान प्रभावित

    प्रतिकूल मौसमका कारण आज बिहानै देखि आन्तरिक उडान प्रभावित

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 498
    SHARES

    काठमाडौं । मौसमी प्रतिकूलताका कारण बुधबार बिहानैदेखि पोखरा बाहेकका मुलुकका सबै आन्तरिक गन्तव्यतर्फका उडान प्रभावित भएको छ।

    बाक्लो हुस्सुका कारण तराई क्षेत्रका अधिकांश विमानस्थल खुल्न नसकेकाले उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।



    विमानस्थल कार्यालयको अनुसार मंगलबार रद्द भएका ६१ वटा उडान आज (बुधबार) को पालोमा सरेका छन्। रद्द भएका उडानका इच्छुक यात्रुलाई वायुसेवा कम्पनीले आजका उडानमा गाभ्ने तयारी रहेको छ।



    आज आन्तरिकतर्फ २२६ उडान-अवतरणको तालिका छ। मौसमी प्रतिकूलताका कारण मंगलबार बुद्ध, यती, श्री, गुण, सौर्य लगायत वायुसेवाको क्रमश : ३३, १४, १०, १, ३ वटा उडान रद्द भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार