Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • खराब मौसमका कारण हवाई उडान प्रभावित

    खराब मौसमका कारण हवाई उडान प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 543
    SHARES

    काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै हवाई उडान प्रभावित भएका छन् ।

    भिजिबिलिटी कम भएको तथा पानी समेत परेकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा प्रभावित भएको विमानस्थलले जनाएको हो ।



    मौसम खराबीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् ।



    आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ भने अन्य दुर्गम क्षेत्रमा पनि उडान सामान्य प्रभावित भएको छ ।

    हाल पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार