Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

    मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।



    विमानस्थल प्रहरीका अनुसार पक्राउ परेका साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरिएको छ ।



    साथै, परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरिएको छ। यस्तै विमानस्थल स्रोतका अनुसार शेर्पाले भने मलद्वारमा लुकाएर सुन ल्याएका थिए।

    यस बिषयमा थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार