Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गण्डकीमा १६६ कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

    गण्डकीमा १६६ कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 2.5K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा मंगलबार १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११२ पुगेको छ।



    प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।



    प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ४४४ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार