Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गण्डकीमा थपिए १३९ काेराेना संक्रमित, ८ जनाको मृत्यु

    गण्डकीमा थपिए १३९ काेराेना संक्रमित, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 2.3K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ वर्षीय पुरुष छन् ।

    कास्कीको पोखरा महानगरपालिका, वडा नं ८ का ५४ वर्षीय, वडा नं ९ का ६८ वर्षीय, वडा नं १३ का ५५ वर्षीय, वडा नं १७ का २९ वर्षीय, वडा नं २१ का ७५ वर्षीय र वडा नं २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    प्रदेशमा कोराना संक्रमण भई मृत्यु हुनेको संख्या १३९ पुगेको छ । प्रदेशमा कूल संक्रमितको संख्या १० हजार ८२७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्मले जानकारी दिए ।



    प्रदेशमा हालसम्म छ हजार ७४ निको भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ६१४ पुगेको निर्देशनालयले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार