Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशमा थपिए २६९ काेराेना संक्रमित

    गण्डकी प्रदेशमा थपिए २६९ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.4K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो शुक्रबार २६९ जना कोरोना संक्रमित थपिएका छन् । भने तीन जनाको मृत्यु भएको छ ।

    कास्कीको पोखरा महानगरपालिका-१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको छ भने स्याङ्जाको वालिङ नगरपालिका-५ का ७० वर्षीया महिलाको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।



    त्यस्तै बाग्लुङको गल्कोट नगरपालिका-३ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    यीसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३१६ पुगेको छ ।

    प्रदेशमा हालसम्म चार हजार २२१ जना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या तीन हजार २० जना पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार