Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशमा थपिए १८२ काेराेना संक्रमित

    गण्डकी प्रदेशमा थपिए १८२ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 2.7K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशमा १८२ जना कोरोना संक्रमित थपिएका छन् । भने थप एक जनाको मृत्यु भएको छ ।

    कास्कीको रुपा गाउँपालिका—५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।



    प्रदेशमा कुल कोरोना संक्रमितको संख्या नौ हजार ७०३ छ ।

    प्रदेशमा हालसम्म चार हजार ९७० निको भएका छन् भने सक्रिय संक्रमितको चार हजार ६२० रहेको निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार