Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशमा थपिए ४२३ काेराेना संक्रमित, थप दुई जनाको मृत्यु

    गण्डकी प्रदेशमा थपिए ४२३ काेराेना संक्रमित, थप दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 2.8K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशमा आज ४२३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ ।

    प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।



    पोखरा महानगरपालिका वडा नं १७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज बिहान ११:५५ बजे उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।



    त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्की, अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको शनिवार राति निधन भएको अस्पतालले जनाएको छ ।

    यससँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार