Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रकाश र प्रसाइँबीचको टेलिफोन सम्वाद

    ‘भिखारी, कुत्तालाई विप्लवले धम्की दिनुपर्दैन’ भन्दै प्रकाशले दिए दुर्गा प्रसाइँलाई चेतावनी

    ‘भिखारी, कुत्तालाई विप्लवले धम्की दिनुपर्दैन’ भन्दै प्रकाशले दिए दुर्गा प्रसाइँलाई चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 5K
    SHARES

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द र बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँबीच जुहारी नै चलेको छ ।

    प्रकाशले प्रसाइँलाई ‘मेडिकल माफिया’ भन्दै कारबाही गर्ने चेतावनी दिएपछि प्रसाइँले पनि मुख खोलेका हुन् ।



    प्रकाश र प्रसाइँबीचको आपत्तिजनक धम्कीसहितको टेलिफोन सम्वाद सार्वजनिक भएपछि यो रहस्य खुलेको हो ।



    प्रकाश र प्रसाइँबीच भएको टेलिफोन सम्वादमा तँ तँ र म म सम्मको भनाभन भएको छ । प्रकाशले प्रसाइँलाई ‘थु’ भनेर थुक्दै धम्काउँदै भनेका छन्, ‘तपाईलाई काराबही गर्न विप्लवको धम्की आवश्यक पर्दैन । प्रकाश काफी छ ।’

    त्यसको जवाफ दिंदै प्रसाइँले भने प्रकाशलाई अपराधी भनेपछि प्रकाशले उल्टै तपाईलाई काराबही गर्न अब मजा आउँछ भनेका छन् ।

    प्रकाशले मुख छाडेर घिसारेर कारबाही गर्छु भनेपछि टेलीफोन सम्वादमा प्रसाईँले भनेका छन्–‘तेरो बाउले मसँग पटक–पटक चन्दा लगेको छ । म त र तेरो बाउसँग भिड्नका लागि लागेको छु ।’

    प्रकाशले ‘तपाईको औकातलाई ठेगान लगाउन सक्छु । श्रीकृष्ण गिरीसँग कुरा गरेको होइन प्रकाश चन्दसँग कुरा गरेको हो, दुर्गा प्रसाइँजी ।’ भनेपछि प्रसाइँले प्रकाशलाई फ्याउरो भनेर जे मन लाग्यो त्यो गर्न भन्दै चुनौति दिएका छन् ।

    आक्रोशित हुँदै चेतावनी शैलीमा प्रकाशले भनेका छन्–‘‘प्रचण्ड र ओलीलाई मार्सी चामल खुवाएर माफिया बन्ने’ तपाई आउने होइन घिसारेर ल्याउने हो । तपाई प्रकाश चन्दसँग बोल्दै हुनु हुन्छ । तपाईको सेखी झार्न सक्छु । ए दुर्गा प्रसाइँजी घिसार्छु । खुइल्याउनको लागि केही गर्नुपर्दैन । तपाईको दिन अब आउनेछ । हेर्नु होला । तपाईलाई धेरै महँगो पर्छ । त्यहीका जनताले घिसार्छन् ।’

    त्यसैगरी प्रकाशले ‘दुर्गा प्रसाइँ माफिया, गुण्डागर्दीलाई ठेगान लगाउन बाउको धम्की चाहिन्छ ? राज्य र व्यवस्थासँग लडेको व्यक्तिले मार्सी चामलको भात बेच्नेलाई कारबाही गर्न विप्लव चाहिन्न । मैले घिसार्छु । भिखारी, कुत्तालाई विप्लवको धम्की दिनुपर्दैन । श्रीकृष्ण गिरीहरूलाई धम्काए जस्तो होइन ।’

    प्रकाशको कुरा सुनेर रिसले चुर भएका प्रसाइँले पनि प्रकाशलाई तँ भन्दै चेतावनी शैलीमा भनेका छन्–‘आमाको दुध खाएको हो भने घिसारेर देखाउ ? दुर्गा प्रसाइँलाई माफिया भन्ने ? तँ अपराधी । तेरो बाउलाई पटक–पटक चन्दा दिएको छु । अरुलाई धम्क्याएजस्तो होइन । त फ्याउरो होस् । देशद्रोही, फटाहा तिमीहरू हो ।’

    प्रसाइँसँगको आपत्तिजनक धम्कीसहितको टेलिफोन सम्वाद सार्वजनिक भएपनि प्रहरीले अझैसम्म प्रकाशलाई पक्राउ गर्न भने सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार