Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

    जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, १ मंसिर २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ ।

    करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ ।



    अध्ययनको नेतृत्व गरिरहनु भएका डा साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए । उनले खोप परीक्षणका लागि विश्वभरका छ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए ।



    फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो ।

    साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहनु भएका डा फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट नभएकाे बताए ।

    फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए ।

    बेलायतमा जान्सेन सहित ६ वटा कम्पनीलाई कोभिड–१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार