Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विप्लव समूहद्वारा हवाइ फायर, घटनास्थलतर्फ प्रहरी परिचालन

    विप्लव समूहद्वारा हवाइ फायर, घटनास्थलतर्फ प्रहरी परिचालन

    अनलाइन नेपाल
  • सोमबार, १ मंसिर २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    संखुवासभा । प्रतिबन्धित विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले संखुवासभामा १२ राउण्ड हवाइ फायर गरेको छ ।

    सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुर भन्ने स्थानमा १२ राउण्ड हवाइ फायर गरेका हुन्।



    गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले १२ राउण्ड हवाइ फायर भएकाे पुष्टि गरे। विप्लव समूहले हवाइ फायर गर्नुको कारण खुल्न सकेको छैन ।



    यद्यपी अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको दुई वटा टोली सर्च अपरेशनका लागि घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार