Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना खोप आयातका लागि राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

    कोरोना खोप आयातका लागि राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् ।

    उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी राष्ट्रपति कार्यालयले जनाएकाे छ।



    संसद अधिवेशन नभएका समयमा नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो ।



    केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार