Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • २ लाख ६८ हजार रूपैयाँसहित ७ जुवाडे पक्राउ

    २ लाख ६८ हजार रूपैयाँसहित ७ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले २ लाख ६८ हजार रूपैयाँ नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दाङकाे घोराही-१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारीउर्फ शिवराज र २८ वर्षीय विवेक भण्डारी छन् ।



    त्यस्तै, घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल पनि जुवाको खालबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए ।



    भण्डारीको घरमा जुवा खेलिरहेको सुराकको आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई बुधवार बिहान ३ बजे पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    प्रहरीले जुवा खेल्नेहरुको साथबाट ६ गड्डी तास बरामद गरेकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार