Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललितपुरमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

    ललितपुरमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुरका पेशेवर जुवाडे पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको हो ।



    जुवाखालबाट पक्राउ पर्नेहरुमा ललितपुरका पूर्णमान श्रेष्ठ, बिनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, हिटलर श्रेष्ठ, अनिस महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, रामबहादुर लामा, प्रकाश भण्डारी, लालकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, बिनोद महर्जन र चिनिकाजी महर्जन रहेका छन् ।



    खालबाट तासका साथै कौडा समेत बरामद भएको छ । सो स्थानमा नियमित जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार