Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

    ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 3.8K
    SHARES

    ललितपुर । ललितपुरको बागडोलबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयद्वारा खटिएकाे प्रहरी टाेलीले शुक्रबार राति पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दलान रहेका छन्।



    प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    आजदेखि विप्लव समूहले ३ दिनसम्म वर्षगाँठ मनाउँदैछ, मंसिर ६, ७ र ८ गते । वर्षगाँठमा विप्वल समूहको मुमेन्ट बढ्नसक्ने भन्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार