Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चितवनमा शंकास्पद काम गरिरहेका विप्लव समुहका कार्यकर्ता पक्राउ

    चितवनमा शंकास्पद काम गरिरहेका विप्लव समुहका कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2.2K
    SHARES

    चितवन । चितवनमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपा पार्टीकाे जिल्ला कार्यकर्ता पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपलिका वडा नं. ११ बस्ने प्रकाशचन्द्र ढकाल रहेका छन्।



    आइतबार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले ढकाललाई भरतपुर महानगरपालिका वडा नं. ६ बुद्धचोकबाट पक्राउ गरेकाे हाे।



    प्रहरीले उनकाे साथबाट हंसिया हथौडा अंकित झण्डा ३ थान, सातौ पार्टि पुनर्गठन दिवश भव्य रुपमा सफल मनाऔं लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताव तथा दस्ताबेज बरामद गरेकाे छ।

    प्रहरीका अनुसार उनी नेपाल सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समुहको संगठित सक्रिय कार्यकर्ता रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार