Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १२ हजार रुपैयाँ घुस लिएको आराेपमा वन रक्षकबिरूद्ध मुद्दा

    १२ हजार रुपैयाँ घुस लिएको आराेपमा वन रक्षकबिरूद्ध मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।



    आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएको समेत पुष्टि भएको छ ।



    आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगो अनुसारको कारवाहीको माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार