Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दाङमा पाँचवटा गोली लागेर घाइते अवस्थामा पौडेल फेला

    दाङमा पाँचवटा गोली लागेर घाइते अवस्थामा पौडेल फेला

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    दाङ। पाँच वटा गोली लागेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल जङ्गलमा फेला परेका छन् ।

    गोली लागेर गम्भीर घाइते भएको अवस्थामा उनी फेला परेका हुन्।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको छ।



    घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहकेको छ।

    पौडेललाई कसले गोली हानेको हो भन्ने खुलेको छैन। उनी वन्यजन्तु शिकार गर्न  गएको हुन सक्ने आशंका  गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार